संसद्

राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्रीको मातहतमा राख्‍न मिल्दैन : प्रदीप पौडेल

इकागज |
असार ४, २०८१ मंगलबार १४:२८ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्रीको मातहतमा राख्न नमिल्ने बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलका क्रममा पौडेलले सरकारको छाँया पर्ने भएकाले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्रीको मातहतमा राख्न नमिल्ने बताएका हुन् । 


उनले सम्पत्ति शुद्धीकरण आयोग, राजस्व लगायतलाई स्वतन्त्र हुने गरि व्यवस्था गर्नुपर्ने समेत बताए । संसदबाट बजेट पास गर्नुपर्ने अवस्थामा सांसदहरुले दिएको सुझाव उल्लेख हुनुपर्ने उनको भनाइ छ । उनले सवै विषयमा पार्टीको ह्वीप लाग्ने विषयलाई अब सच्चाउनुपर्नेमा जोड दिए । 

त्यस्तै उनले अहिलेको बजेट निश्चित व्यक्तिहरुको क्षेत्रमा केन्द्रित गरेको भन्दै आपत्ति जनाए । पौडेलेले “विनियोजन विधयेक, २०८१ अन्र्तगत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव समेत प्रस्तुत गरे । 


Author

थप समाचार
x