संसद्

भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ : सांसद खान

इकागज |
असार ४, २०८१ मंगलबार १७:१६ बजे

काठमाडौँ- जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न माग गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद खानले भौतिक पूर्वाधार मन्त्रालयको बजेट नेतामुखी भएको टिप्पणी गर्दै मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्ने माग गरेका हुन् ।


उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले केही क्षेत्र र केही जिल्लाहरूमा मात्रै बजेट सीमित गराउने काम गरेको बताउँदै पुनर्लेखन गर्न माग गरेका हुन् । सांसद खानले राष्ट्रिय योजना आयोगको अदूरदर्शी सोचका कारण मुलुकको विकास निर्माणको काममा सुधार हुन नसकेको टिप्पणी गरे ।

उनले भने, ‘भौतिक पूर्वाधारमन्त्रीज्यूलाई के भन्न चाहन्छु भने–भौतिक पूर्वाधारको बजेट नेतामुखी भएको देखिन्छ । केही क्षेत्र र केही जिल्लाहरूमा सीमित देखिन्छ । तसर्थ भौतिक पूर्वाधारको बजेट पुनर्लेखन गरौं माननीय मन्त्रीजी । यसरी भएन । राष्ट्रिय योजना आयोगको अदूरदर्शी सोच र अपर्याप्त अन्वेषण, अनुसन्धानको कमीको कारणले व्यवहारिक र देशमा संरचनागत सुधार भइराखेको छैन ।’


Author

थप समाचार
x