संसद्

कर्मचारीहरूले सभामुख देवराज घिमिरेको मुखमात्रै देखाएपछि..

इकागज |
असार ५, २०८१ बुधबार १८:२७ बजे

फाइल फाेटाे

काठमाडौँ - संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभाको बैठक चलिरहेको बेला कर्मचारीहरूले असहयोग गरेपछि बुधबार बैठक स्थगित भएको हो । 


यसअघि ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएको थियो । तर सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि संसद् चलाएपछि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर सांसद तथा मन्त्रीको प्रत्यक्ष प्रसारण रोकेका थिए । आजको बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको मन्त्रीले जवाफ दिने क्रम चलिरहेको थियो ।

अब संसदको अर्को बैठक बिहीबार ११ बजे बस्ने गरि स्थगित भएको छ ।


Author

थप समाचार
x