संसद्

सांसद रोशन कार्कीको प्रधानमन्त्रीलाई सुझाव - अति भइसक्यो देशमा धेरै उथलपुथल नमच्चाउनुस्, बरू राजीनामा दिनुस्

इकागज |
असार ९, २०८१ आइतबार १२:४८ बजे

काठमाडौँ - सांसद रोशन कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिन सुझाव दिएकी छिन् । आजको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कार्कीले प्रधानमन्त्री दाहाललाई देशमा धेरै उथलपुथल नगर्न आग्रह गरेकी छिन् । 

'हाम्रा सहयोगीहरू बाहिर आन्दोलनमा प्लेकार्ड बोकेर बसेका छन्', उनले भनिन्, 'चारैतिर आन्दोलन छ कतै केही छैन । अति भयो यो उथलपुथल नमच्चाउनुस् बरु राजीनामा दिनुस् ।' उनले संसद सचिवालयका कर्मचारीहरूले राखेको मागहरू सम्बोधन गर्न आग्रह गरेकी छिन् ।  



Author

थप समाचार
x