संसद्

असिम शाहले भने - घण्टाघरको घडीले गणतन्त्र र संघीयतालाई जिस्काइरहेको छ

इकागज |
असार ९, २०८१ आइतबार १३:३ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले काठमाडौँमा रहेको घण्टा घरको घडी मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद शाहले  घण्टा घरले अहिले समय देखाउन छोडेको बताउँदै उनले स्थानीय र केन्द्रीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।


उनले यो घण्टा घर राजधानीको शान मात्र नभएर देशको ऐतिहासिक धरोहर पनि भएकाले मर्मत गर्न ध्यानाकर्षण गराएका छन् । उनले यसलाई समयमा मर्मत नगरेमा यो धरोहरले गणतन्त्र र संघीयतालाई जिस्काइरहने बताए ।


Author

थप समाचार
x