संसद्

देशको सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म नेपालको विकास हुन सक्दैन : वामदेव गौतम

इकागज |
असार ९, २०८१ आइतबार १५:२१ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशको सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म नेपालको विकास हुन नसक्ने बताएका छन् ।

आइतबार राष्ट्रियसभामा बोल्दै गौतमले विश्वका अधिकांश देशमा भूमि राष्ट्रियकरण गरेकै कारण विकास भएको भन्दै नेपालमा सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म विकास हुन नसक्ने बताएका हुन् । वस्तु उत्पादन गर्ने आधारका रूपमा रहेका भूमिलाई टुक्रा-टुक्रा काटेर बाँडेर देश समृद्ध हुन नसक्ने उनले बताए । उनले भूमिमाथि राज्यको अधिकार कायम नभएसम्म नेपालीको अवस्था माथि उठ्न नसक्ने धारणा राखे ।


बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ पेस गरेका थिए


Author

थप समाचार
x