संसद्

जीबी राईलाई नेपाल ल्याउन प्रयासरत छौं : गृहमन्त्री लामिछाने

इकागज |
असार १०, २०८१ सोमबार १९:६ बजे

काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई फर्काउन नेपाल र मलेसिया कानुनी परामर्शमा रहेको बताएका छन् ।

गृहमन्त्री लामिछानेले प्रतिनिधि सभाको बैठकमा जीबी राई पक्राउ गर्न सरकार प्रयत्नशील रहेको बताउँदै जीबी राईलाई नेपाल ल्याउन कानुनी कठिनाइ भइरहेको बताएका छन् ।


उनले जीबी राई पक्राउको विषयमा आफू पनि व्यग्र प्रतीक्षामा रहेको बताउँदै छिटै उनलाई नेपाल ल्याइने बताएका हुन् । उनले अदालत र राहदानी विभागले जीबी राईको राहदानी रोक्का गर्न अस्वीकार गरेको संसदमा बताएका थिए । 


Author

थप समाचार
x