संसद्

प्रतिनिधिसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

इकागज |
असार ११, २०८१ मंगलबार ९:९ बजे

काठमाडौँ- आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । 


आज परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै आज सांसदहरूले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्ने तथा विनियोजन विधेयक, २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्‌ सचिवालयले जानकारी दिएको छ । 


Author

थप समाचार
x