संसद्

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

इकागज |
असार ११, २०८१ मंगलबार १५:७ बजे

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । उपसभामुख इन्दिरा राना मगरले बहुमत पुगेकाले प्रतिनिधिसभाबाट बजेट पारित भएको घोषणा गरेकी हुन् ।

सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेस गरेका थिए । उक्त बजेटलाई अर्थमन्त्री पुनले पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।


बजेट पारितको प्रस्तावअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।


Author

थप समाचार
x