संसद्

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

इकागज |
असार १३, २०८१ बिहीबार ८:२० बजे

काठमाडौँ- आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न संसदीय समितिका सदस्यहरूको हेरफेरसहित व्यवस्थापन कार्यको कार्यसूची रहेको संसद्‌ सचिवालयले जानकारी दिएको छ ।

व्यवस्थापन कार्य अन्तर्गत पर्यटनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभामा उत्पति भएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदनसहितको अभिलेख माथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ भने सो प्रस्तावलाई पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।


त्यस्तै आजको बैठकमा कर्य्वाय्व्स्था परामर्श समिति, संयुक्त समिति र विषयगत समितिका सदस्य हेरफेर गर्ने कार्यसूची रहेको संसद्‌ सचिवालयले जनाएको छ ।


Author

थप समाचार
x