संसद्

राजदूत फिर्ताको निर्णय सरकारले फिर्ता लिनुपर्छ : एपी साउद

इकागज |
असार १३, २०८१ बिहीबार १४:१७ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता एनपी साउदले राजदूत नियुक्तिलाई गम्भीरताका साथ लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा साउदले राजनीतिक भागबण्डाका आधारमा राजदूत नियुक्त गर्ने र दलहरूले आवेदन नै निकाल्नेजस्ता कामले राजदूत नियुक्तिमा प्रश्न उठ्ने भन्दै राजदूत नियुक्तिलाई गम्भीरताका साथ लिन सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारले कुनै जानकारी नदिइ राजदूत फिर्ता बोलाउनुले कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको उनले बताए ।


उनले राजदूत फिर्ताको निर्णय फिर्ता लिन माग समेत गरे । त्यस्तै उनले बीआरआईमा अनुदानलाई स्वीकार गर्नुपर्ने भन्दै बजारको सुनिश्चितता नभएसम्म ठूला परियोजनाहरूलाई ऋणका आधारमा अघि बढाउन नहुने धारणा राखे ।

साउले एडीबी, वर्ल्ड बैंककै ब्याजदरमा ऋण लिने विषयमा प्रधानमन्त्रीले सदनलाई विश्वासमा लिनुपर्ने र राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x