संसद्

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

इकागज |
असार १६, २०८१ आइतबार ९:१९ बजे

फाइल फोटो

काठमाडौं - प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।


त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि छलफल गरी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

कार्यसूची: 

१. 'आर्थिक विधेयक, २०८१' माथि छलफल हुने ।

२. 'आर्थिक विधेयक, २०८१' माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने ।

३. अर्थ मन्त्री वर्षमान पुनले-

(क) 'आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने ।
(ख) 'राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने ।

४. 'राष्ट्र ऋण उठाउने विधेयक, २०८१' माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने ।

५. अर्थ मन्त्री वर्षमान पुनले:-

(क) 'राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने ।
(ख) 'भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने ।

६. 'भन्सार महसुल विधेयक, २०८१' माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने ।

७. अर्थ मन्त्री वर्षमान पुनले 'भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने ।


Author

थप समाचार
x