संसद्

सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा खर्च गरिएको अर्थमन्त्रीद्वारा जानकारी

इकागज |
असार १६, २०८१ आइतबार १७:३४ बजे

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाउन सरकार सचेत रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाएर रोजगारी वृद्धिमार्फत् समृद्धि हासिलको यात्रामा सरकार अग्रसर भएको बताए ।


मन्त्री पुनले वित्त आयोगको सिफारिसका आधारमा खर्च परिचालन तथा ऋण व्यवस्थापन गर्दै आएको जानकारी गराउँदै विकास सहायता कार्यक्रम सम्झौता गर्दा कार्यान्वयनसम्बन्धी योजनासँगै समावेश गर्ने नीति लिइएको स्पष्ट गरे । उनले राजस्व परिचालनबाट मात्रै खर्च व्यवस्थापन गर्न नसकिएकाले आन्तरिक र बाह्य ऋण लिनु परेको उल्लेख गर्दै सार्वजनिक ऋण वाञ्छनीय सीमाभित्रै रहेको जनाए । उनले नयाँ विकास साझेदार नीति लिइएको पनि अवगत गराए ।


Author

थप समाचार
x