आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चार वटा उजुरी
फाइल फोटो
काठमाडौँ - निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चार वटा उजुरी परेको छ ।
सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समिति बैठकमा प्रधानविरुद्ध चार वटा उजुरी परेको जानकारी दिइएको हो । उक्त उजुरीका सम्बन्धमा आगामी असार २० गते सुनुवाइ हुने समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिए ।
बैठकले सुनुवाइका लागि प्रस्तावित कार्यतालिकालाई परिमार्जन सहित पारित गरिएको उनले बताए ।
संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो भने त्यसपछि समितिले प्रधानविरूद्व उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया