संसद्

शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सबैको सहयोग आवश्यक : मन्त्री श्रेष्ठ

इकागज |
असार २१, २०८१ शुक्रबार १५:५ बजे

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताएकी छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षकलाई कुनै पनि राजनीतिक दलको जिम्मेवारी र सदस्यमा राख्न नहुने भन्दै यसका लागि राजनीतिक दलको सहयोगको आवश्यकता रहेको बताइन् ।


उनले शिक्षाका ऐन, नियम र निर्देशिकाको पालनाका लागि अनिवार्य दायित्वका रूपमा आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइन् । उनले कमजोर देखिएका विद्यालयको शैक्षिक सुधारमा जोड दिँदै बजेट तर्जुमा गरिएको जिकिर गरिन् ।

मन्त्री श्रेष्ठले भौतिक निर्माणमा काम गर्ने श्रमिकहरू भारतबाट आउने गरेको भन्दै यसमा नेपालीलाई प्राथमिकता दिने हो भने विद्यार्थीलाई काम पनि सिकाउने र श्रम पनि गराउन सकिने धारणा राखिन् ।​ उनले सिटिइभिटीको पुनःसंरचाका लागि प्रक्रिया सुरु भएको बताइन् ।


Author

थप समाचार
x