संसद्

प्रतिनिधिसभाको बैठक आज बस्दै

इकागज |
असार २३, २०८१ आइतबार ८:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने तालिका रहेको छ ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।


त्यस्तै प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भएको 'विनियोजन विधेयक, २०८१' का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।

त्यसैगरी, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले 'पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०' पेस गर्नेछन् ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन आ.व. २०७९/२०८०' पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्‌ सचिवालयले जानकारी दिएको छ ।


Author

थप समाचार
x