संसद्

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेबारे सदनलाई जानकारी

इकागज |
असार २३, २०८१ आइतबार १६:२८ बजे

फाइल फोटो

काठमाडौँ - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिनेबारे जानकारी गराएका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम असार २८ गते विश्वासको मतका लागि प्रस्ताव राख्ने जानकारी आएको भन्दै सो दिन बैठक आह्वान गरेको जानकारी गराएका हुन् । 


त्यस्तै बैठकमा प्रधानमन्त्रीका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन पेश गरे । 

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे जानकारी गराएका थिए । 


Author

थप समाचार
x