Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संसद्

'कांग्रेस-एमालेबीचको सहमतिपछि प्रचण्डको हातबाट सत्ता फुत्किसक्यो अब हुनेवाला केही छैन'

इकागज |
असार २५, २०८१ मंगलबार १५:११ बजे

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादीले यसअघि कांग्रेससँगको समीकरण तोडेको परिणाम अहिले देखिएको तर्क गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बोल्दै केसीले कांग्रेससँग समीकरण तोडेपछि एमालेले खेल्ने ठाउँ पाएको र अहिलेको अवस्था आएको बताएका हुन् ।


उनले अहिलेका प्रधानमन्त्रीलाई पाँच वर्षका लागि सत्ता र शक्तिमा राख्न एमालेले सहकार्य नगरेको भन्दै प्रचण्डले सत्ताको खेल बुझ्न नसकेको जिकिर गरे ।

माओवादीसँगको समीकरणपछि एमालेले मन्त्रिमण्डलमा पठाएका व्यक्ति हेर्दा समीकरण लामो समय नजाने आंकलन सबैले त्यसै बेला गरेको उनको भनाइ छ ।​

केसीले अहिले कांग्रेस-एमालेबीचको सहमतिपछि प्रचण्डको हातबाट सत्ता फुत्किसकेको टिप्पणी गर्दै अब हुनेवाला केही नभएको जिकिर गरे ।


Author

थप समाचार
x