Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संसद्

जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

इकागज |
असार २५, २०८१ मंगलबार १६:४ बजे

काठमाडौँ- जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको हो ।


बैठकमा मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट थारू आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पनि पेस गरे ।  प्रतिनिधिसभाको अर्को बैठक असार २७ गते दिउँसो ४ चार बजे बोलाइएको छ । 


Author

थप समाचार
x