संसद्

संविधानलाई संशोधन गर्ने नाममा कांग्रेस-एमाले जनताको अधिकार सीमित गर्ने बाटोमा हिँड्न खोजे : मन्त्री बस्नेत

इकागज |
असार २५, २०८१ मंगलबार १६:१० बजे

काठमाडौँ- ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले संविधानलाई संशोधन गर्ने नाममा कांग्रेस-एमाले जनताको अधिकार सीमित गर्ने बाटोमा हिँड्न खोजेको आरोप लगाएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले संविधानको समीक्षा गर्ने बहानामा अनावश्यक संशोधन गर्दै जनताको अधिकार सीमित गर्ने बाटोमा कांग्रेस-एमाले हिँड्न खोजेको आरोप लगाए । उनले नयाँ गठबन्धनको आधार संविधान तोडफोड गर्नु नै भएको जिकिर गरे ।


माओवादीका नेता समेत रहेका बस्नेतले अहिलेको परिघटना पार्टी विशेषको मात्रै कुरा नभएको भन्दै देशको समग्र अवस्थाको विषय रहेको धारणा राखे । संसदीय व्यवस्थामा को सरकारमा जान्छ भन्ने विषय सामान्य रहे पनि यसले देशलाई पुर्याउने क्षतिका बारेमा समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

बस्नेतले जनतालाई अधिकारसम्पन्न बनाएर मात्रै मुलुक बन्छ भन्ने माओवादीको स्पष्ट दृष्टिकोण रहेको भन्दै सरकारमा रहे पनि नरहेपछि यसैमा ध्यान केन्द्रित गर्ने बताए । 


Author

थप समाचार
x