Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संसद्

संसदीय छानबिन समितिले जेलमा भएका सहकारीका सञ्‍चालकहरूसँग पनि सोधपुछ गर्ने

इकागज |
असार २६, २०८१ बुधबार १७:३४ बजे

काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा भएका सहकारीका सञ्चालकहरूसँग पनि सोधपुछ गर्ने भएको छ ।

बुधबार सहकारी पीडितहरूसँगको छलफलमा बोल्दै समितिका सभापति सुर्य थापाले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरूलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरू खोज्ने बताएका हुन् ।


समितिले आज सहकारीका संचालक र पीडितहरूसँग छलफल गरेको थियो । छलफलका क्रममा सहकारी पीडितले आफूहरूले सहकारी ठग देखेको भएपनि सरकारले नदेखेको गुनासो गरेका थिए ।

सभापति थापाले सरकारले र संसदले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरूलाई न्याय दिलाउने गरी काम गरिरहेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले नभई सहकारीका माध्यमबाट बचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको बताए ।


Author

थप समाचार
x