राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगित
काठमाडौँ- राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगन भएको छ । बिहीबार १:१५ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगन गरिएको हो ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना प्रकाशित गर्दै बैठक स्थित भएको जानकारी दिएका हुन् ।
सूचनामा भनिएको छ, 'राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षले मिति २०८१ असार ३० गते आइतबार अपराह्न १ः१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।'
आजको बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल गरी पारित गर्ने तयारी रहेकोमा दलहरूबीच विवाद भएपछि बैठक बस्न नसकेको बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया