संसद्

मन्त्रीहरू उपस्थित नभएपछि संसद् बैठक स्थगित

इकागज |
असार २७, २०८१ बिहीबार १७:४४ बजे

काठमाडौँ- प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आजको बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नरहेपछि बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।

आजको बैठकमा मन्त्रीहरू उपस्थित नभएपछि कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुखको ध्यानाकर्षण गराएका थिए ।


प्रतिनिधि सभा संचालन नियमावली अनुसार संसद् संचालन हुन सरकारका कम्तीमा एक मन्त्रीको उपस्थिति अनिवार्य रहेको छ ।

अब शुक्रबार बस्ने संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वासको मत लिने कार्यसूची रहेको छ ।


Author

थप समाचार
x