संसद्

मौसम सुधार नभएसम रात्री बस संचालन रोक्न सांसद पाण्डेको माग

इकागज |
असार २८, २०८१ शुक्रबार १२:५ बजे

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले बर्षा जारी रहुन्जेल रात्री बस संचालन बन्द गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले मौसममा सुधार नभएसम्म कम्तीमा भाद्र १५ सम्म रात्री बस संचालनमा रोक लगाउन माग गरेका हुन् ।


उनले नारायणगढ -मुग्लिन सडकखण्डमा गएराति पहिरोमा परेर दुई यात्रुबस त्रिशूली नदीमा खसेको विषयमा तत्काल बसको खोजी र उद्धार गर्न माग गरेका थिए ।

सरकारले विपद्बाट जोगाउन सरकारले पूर्वतयारी नगरेको बताउँदै तत्काल राहत र उद्धार गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।


Author

थप समाचार
x