Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संसद्

कांग्रेस-एमालेको मिलन अध्यारो कोठामा भयो- प्रधानमन्त्री

इकागज |
असार २८, २०८१ शुक्रबार १२:३८ बजे

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेको मिलन अँध्यारो कोठामा भएको बताएका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रचण्डले कांग्रेस-एमालेको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिइएको बताउँदै अँध्यारो कोठामा गरिएको सहमतिले नै यो कस्तो सहमति हो भन्ने स्पष्ट भएको बताएका हुन् । उनले साँच्चैको राष्ट्रिय सहमति गर्न अँध्यारो कोठा नचाहिने बताउँदै आफूले सुशासनका काम गर्न थालेपछि दुई ठूला दल मिलेको दाबी गरे । 


उनले भने- 'पहिलो र दोस्रो दल मिल्न अँध्यारो कोठा चाहिन्छ ? कसको घरमा गएर सहमति गर्नुभएको छ ? तपाईंहरु राष्ट्रिय सहमतिका लागि र राष्ट्रिय आवश्यकताका लागि मिल्नुभएको होइन । कसैले तपाईंहरुलाई मिलाइदिएको छ ।'

उनले पहिलो र दोस्रो दल मिलेर दुनियाँमा लोकतन्त्र कमजोर मात्र बनाएको र निरंकुशतालाई नै प्रवर्द्धन गरेको दाबी गरे । 

र, यो पनि

‘राहत र उद्धारमा क्रियाशील हुनुपर्ने समयमा सरकार परिवर्तनमा लाग्नु दुःखद’

- संविधानमा माओवादीको सबैभन्दा ठूलो लगानी छ, यसलाई कमजोर बनाउन दिदैनौं- प्रधानमन्त्री

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रूचि थिएन र छैन- प्रधानमन्त्री

राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान प्रधानमन्त्री प्रचण्डको आग्रह


Author

थप समाचार
x