संसद्

अब प्रचण्डको उथलपुथलले काम गर्दैन : योगेश भट्टराई

इकागज |
असार २८, २०८१ शुक्रबार १४:४२ बजे

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई अब उथलपुथलले काम नगर्ने बताएका छन् ।  

प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले पेस गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले अब प्रचण्डको उथलपुथलले काम नगर्ने बताएका हुन् । 


उनले अब प्रधानमन्त्री प्रचण्डलाई आफ्नो समीक्षा गर्ने अवसर कांग्रेस र एमालेले सुनौलो अवसर दिएको बताए । प्रचण्डबाट आफूहरूले संयमताको अपेक्षा गरेको बताउँदै गम्भीर समीक्षा गर्न आग्रह गरेका छन् । 

सांसद भट्टराईले राजनीतिक स्थायित्व दिन सहमति गरेको स्पष्ट गर्दै ठूला शक्तिहरूमा मेलमिलाप हुँदा देशलाई ठूलो उपलब्धि हुने बताए ।
 


Author

थप समाचार
x