संसद्

बेचन झाको पक्राउपछि नयाँ गठबन्धन बन्यो : हितराज पाण्डे

इकागज |
असार २८, २०८१ शुक्रबार १४:४९ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बेचन झाको पक्राउपछि नयाँ गठबन्धन बनेको दाबी गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले सुशासनका काम अगाडि बढाएको र खासगरी बेचन झाको पक्राउपछि परिस्थिति बदलिएको दाबी गरेका हुन् । 


पाण्डेले संक्रमणकालीन न्याय र शान्ति प्रक्रियासँग सम्बन्धित काम एक दलको मात्र नभएर सबैले यसलाई गम्भीरता पूर्वक लिन आग्रह गरेका छन् । 

उनले सरकारले सरकारी कार्यालयमा लाग्ने लामो लाइनलाई हटाएको, नागरिकताको समस्या समाधान गरेको र सुशासनका काम गरेको दाबी गर्दै अन्तर्राष्ट्रिय तहमा सरकारले आफ्नो उपस्थिति राम्रोसँग देखाएको दाबी गरे ।
    


Author

थप समाचार
x