Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संसद्

रास्वपाले सरकारमा गएर सुशासनको शंखनाद गर्यो : रवि लामिछाने

इकागज |
असार २८, २०८१ शुक्रबार १५:६ बजे

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छानबिनको सुई आफ्नो घरतिर सोझिएपछि कांग्रेस-एमाले एक ठाउँमा आएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै रास्वपाका सभापति समेत रहेका लामिछानेले कांग्रेस-एमालेले मध्यरातमा गरेको सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताएका छन् ।


लामिछानेले आफूहरूले अमूर्त सहमति हुनासाथ राजीनामा नदिएर जिम्मेवारी निभाएको दाबी गरे । उनले रास्वपाले सरकारमा गएर सुशासनको शंखनाद गरेको दाबी गर्दै सोही कारणले रातारात दुई ठूला दल एक ठाउँमा आएको बताए ।

लामिछानेले दुई दलबीचको सहमति लुकाइएकाले आफूहरूले  त्यसलाई समर्थन गर्न नसकेको बताउँदै दुई दल ठूला दल एक ठाउँमा आउँदा शक्ति पृथकीकरणमा संकट आउन सक्नेमा आफूहरूको चिन्ता रहेको बताए ।

उनले आफूहरूले प्राप्त गरेको मत सरकारमा जाने मत नरहेको र प्रतिपक्षमा रहँदा खुसी नै रहेको र आफूहरूले गत वर्ष प्रतिपक्षको भूमिका राम्रोसँग निभाएको बताए ।


Author

थप समाचार
x