संसद्

सरकारमा गएर गरेका कामप्रति हामी आफैँ सन्तुष्ट छैनौँ : रवि लामिछाने

इकागज |
असार २८, २०८१ शुक्रबार १५:१७ बजे

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरूले सरकारमा गरेको कमप्रति आफूहरू नै सन्तुष्ट नरहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै रास्वपाका सभापति समेत रहेका लामिछानेले सरकारमा गएर सोचे जस्तो काम गर्न नसकेको स्वीकार गरेका छन् ।


उनले सरकारमा गएपछि आफू सहकारी ठगको रूपमा विरोध खेपेको र चौतर्फी घेराबन्दीका बीच आफूहरूले राम्रो काम गरेको दाबी गरेका छन् । उनले रास्वपाले सरकारमा गएर सुशासनको शंखनाद गरेको दाबी गर्दै सोही कारणले रातारात दुई ठूला दल एक ठाउँमा आएको बताए ।


Author

थप समाचार
x