Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संसद्

गृहमन्त्रीले सुशासनका कुरा गरेर संसदमा झुटो बोल्नुभयो : ज्ञानेन्द्र शाही

इकागज |
असार २८, २०८१ शुक्रबार १५:३६ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई जातजातिको नाममा आफ्नो रोटी नसेक्न चेतावनी दिएका छन् ।  

प्रतिनिधि सभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै शाहीले प्रधानमन्त्री आजको संसदमा जातजातिको नाममा भाषण गरेको उल्लेख गर्दै जातजातिको नाममा राजनीति नगर्न आग्रह गरेका छन् ।


उनले गृहमन्त्री रवि लामिछानेले संसदमा सुशासनको कुरा गरेर झुटो बोलेको आरोप लगाए । गृहमन्त्री लामिछानेले आफ्ना मित्र जीबी राईलाई पक्राउ गर्न नसकेर बिदा हुन लागेको भन्दै फाइल खोल्न लागेपछि सरकार ढलेको भन्ने गलत भाष्य निर्माण नगर्न आग्रह गरे । सांसद शाहीले कसैलाई पक्रेर थुन्न नसकेको भन्दै आफूले काम गर्न नसकेको स्वीकार गर्न आग्रह गरेका थिए ।


Author

थप समाचार
x