Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संसद्

कांग्रेस-एमालेबीचको सहमति लागू हुँदैन : डा. अमरेशकुमार सिंह

इकागज |
असार २८, २०८१ शुक्रबार १६:४१ बजे

काठमाडौँ- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले कांग्रेस-एमालेबीचको सहमति लागू नहुने दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले अहिलेसम्म दलहरूबीच भएको सहमति कार्यान्वयन नभएको उदाहरण दिँदै यो सहमति पनि कार्यान्वयन नहुने दाबी गरेका हुन् ।


सांसद सिंहले अहिले देश तीन प्रमुख नेताले चलाइरहेको दाबी गर्दै अहिलेसम्मको देशको हालतका लागि उनीहरूले जिम्मेवारी पनि नलिएको बताए ।

सांसद सिंहले कुनै पनि दलमा लोकतन्त्र नभएको दाबी गर्दै उनले प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको विषयको खोजी गर्नुपर्ने बताए ।

सांसद सिंहले प्रधानमन्त्रीले राखेको विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए ।


Author

थप समाचार
x