संसद्

प्रचण्डलाई मेटमणिको सुझाव : देउवासँग सम्बन्ध नबिगार्नु होला, चार महिनापछि तपाईँ नै आउने हो

इकागज |
असार २८, २०८१ शुक्रबार १६:४३ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई कांग्रेस सभापति शेरबहादुर देउवासँग सम्बन्ध नबिगार्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले प्रचण्डलाई सभापति देउवासँग सम्बन्धन नबिगार्न र चार महिनापछि फेरि प्रचण्डकै पक्षमा आउने बताए । उनले यो गठबन्धन चार महिनामै परिवर्तन हुने दाबी गर्दै कांग्रेस सभापति देउवालाई संसद् विघटनको साक्षी नबस्न आग्रह गरेका थिए ।


चौधरीले प्रधानमन्त्री प्रचण्डलाई आफूहरू सधैं साथमा रहे पनि आफूहरूलाई भने बेला बेलामा छोड्ने गरेको गुनासो गरेका थिए ।


Author

थप समाचार
x