Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संसद्

प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत, विपक्षमा १९४ मत

इकागज |
असार २८, २०८१ शुक्रबार १७:१५ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधिसभामा विश्वासको मत गुमाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत पाऊँ भन्ने प्रस्ताव राखेका थिए । उनको पक्षमा ६३ जनाले मत दिए भने १९४ जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे ।


शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २५८ जनाले मतदान गरेका थिए ।

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद् सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनको आव्हान गर्ने छन् ।
 


Author

थप समाचार
x