संसद्

प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने

इकागज |
असार २९, २०८१ शनिबार १७:४८ बजे

काठमाडौँ- प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ । 

यसैगरी आइतबार अपराह्न १ः१५ मा बस्ने गरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्ने गरी तय भएको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा सूचनामा जनाइएको छ ।



Author

थप समाचार
x