संसद्

नयाँ सरकारलाई सोबिता गौतमको प्रश्न : समावेशितालाई कसरी हेरिएको छ ?

इकागज |
असार ३१, २०८१ सोमबार १९:८ बजे

काठमाडौँ- रास्वपा सांसद सोबिता गौतमले नयाँ सरकारले समावेशितालाई कसरी हेरेको छ भन्दै प्रश्न गरेकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै गौतमले मन्त्रिपरिषद्को स्वरूप हेर्दा संविधानले सुनिश्चित गरेको महिलाको प्रतिनिधित्व नरहेको र दलितको प्रतिनिधित्व शून्य रहेको भन्दै समावेशितालाई कसरी हेरेको छ भन्दै सरकारलाई प्रश्न गरिन् ।


उनले दुई ठूला दल मिल्ने सामान्य विषय नभएको भन्दै सहमति किन र कसरी भयो भन्ने प्रश्न गरिन् । गौतमले भ्रष्टाचारको मुद्दामा नाम मुछिएकाहरूका नाम पनि मन्त्रीको लिष्टमा आएको भन्दै त्यस्ता मन्त्रीहरूबाट सुशासनको अपेक्षा गर्न नसकिने बताइन् ।

उनले सुशासनको मुद्दामा आफ्नो पार्टी अडिग रहेको र यसमा सरकारलाई सहयोग गर्न चाहेको जिकिर गरिन् । 


Author

थप समाचार
x