संसद्

आर्थिक विधेयकमाथि विचार गरियोस् भन्‍ने प्रस्ताव स्वीकृत

इकागज |
असार ३१, २०८१ सोमबार १९:५० बजे

काठमाडौँ- प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट सुझावसहितको सन्देशमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव प्रस्तुत गर्दै छलफलका क्रममा उठेका सुझाव विधेयकमा समेट्न प्रयास गर्ने बताएका थिए ।


उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको आयात घटाउन नेपाली जनतालाई विद्युत् सस्तोमा दिनुपर्ने र विद्युतीय गाडीको भन्सार शुल्क घटाउनुपर्ने बताएका थिए ।

प्रतिनिधिसभाको अर्काे बैठक आगामी साउन ६ गते दिउँसो १ बजे बस्नेछ ।


Author

थप समाचार
x