संसद्

संसदलाई विजनेस दिनेबारे प्रमुख सचेतकहरूसँग सभामुखको छलफल

इकागज |
साउन ३, २०८१ बिहीबार १३:६ बजे

फाइल फोटो

काठमाडौं - सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग आज सिंहदरबारमा छलफल गरेका छन् । 

संसदलाई विजनेस दिने विषयमा शुक्रबारको कार्य व्यवस्था समितिको बैठकले निर्णय गर्ने भएको छ ।​


बैठकपश्चात सत्तारुढ दल एमालेका मुख्य सचेतक महेश बर्तौलाले आजदेखि साउन १५ गतेसम्म संसद् बैठक कुन-कुन दिन बस्ने र समितिमा रहेका विधेयकलाई छलफल गर्न समय कसरी मिलाउनेबारे भन्नेबारे छलफल भएको जानकारी दिएका छन् । 

असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् ।


Author

थप समाचार
x