Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संसद्

उपसभामुख रानाले केही युवालाई अमेरिका पठाउन भिसा दिलाइदिन लेखेको पत्र सार्वजनिक

इकागज |
साउन ३, २०८१ बिहीबार १७:२७ बजे

काठमाडौँ- उपसभामुख इन्दिरा रानाले केही युवालाई अमेरिका पठाउन दूतावासमा सिफारिस गरेको आरोप लागेको छ । रानाले नेपालस्थित अमेरिकी दूतावासमा केही युवालाई भिसा दिलाउन भन्दै आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको पत्र बाहिरिएको छ ।

उपसभामुख रानाले सन् २०२३ मार्च ६ देखि १७ तारिखसम्म अमेरिकाको न्यूयोर्कमा आयोजित एनजीओ ‘सिएसडब्यू-६७’ फोरमको कार्यक्रममा आफूसँगै लैजाने भन्दै पाँच जनालाई भिसा दिन आग्रह गरी अमेरिकी दूतावासको कन्सुलर जनरललाई पत्र पठाएकी थिइन् ।


उनले पठाएको पत्रमा उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ्ग, सुजन घर्ती मगर, धनप्रसाद गुरुङलाई भिसा दिलाइदिन आग्रह गरिएको छ ।

उनले २६ फेब्रुअरी २०२३ अर्थात् १४ फागुन २०७९ मा दूतावाससमक्ष सिफारिस पत्र पठाएकी थिइन् । तर, उनले लैजान खोजेका व्यक्ति र उनको समेत भिसा आएको थिएन ।

अमेरिका गएकी राना एक साताको भ्रमणपछि स्वदेश फर्किएकी थिइन् ।


Author

थप समाचार
x