संसद्

कांग्रेसले संसदमा माग्यो उपसभामुखको राजीनामा

इकागज |
साउन ६, २०८१ आइतबार १३:२६ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगर मुछिएको भिसा अन्तर्वार्ता सिफारिस विषयलाई संसदमा उठाएको छ ।

कांग्रेस संसद रामहरि खतिवडाले उपसभामुखले मानव तस्करी गर्ने नियतले सिफारिस गरिएको पत्र सार्वजनिक भएको भन्दै यस्तो अवस्थामा उपसभामुखले संसदको नेतृत्व गर्न मिल्छ की मिल्दैन भने प्रश्न उठेको बताए ।


उनले उपसभामुख रानामगरलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न आग्रह गर्दै यो विषयको अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

उनले संसद र सभामुखलाई भिसाको कन्सल्टेन्सी बनाउन नमिल्ने बताउँदै उपसभामुखले राजीनामा दिनु नै उपयुक्त हुने बताए ।
  


Author

थप समाचार
x