संसद्

सबै दलको सहमतिमा मात्र संविधान संशोधन गर्छौं : सभापति देउवा

इकागज |
साउन ६, २०८१ आइतबार १४:५१ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन सबै दलको सहमतिमा मात्र गर्ने बताएका छन् ।

प्रतिनिधि सभामा बोल्दै सभापति देउवाले संविधान संशोधन स्वाभाविक प्रक्रिया रहेको र सबै दलको सहमतिमा मात्र गरिने बताए । उनले संविधानलाई सहभागितामुलक बनाइने पनि जिकिर गरे ।​


संविधान निर्माण भएको आठ वर्ष पुगेको र यसका सबल र दुर्बल पक्षको विश्लेषण गरेर संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ ।

उनले ओलीको नेतृत्वमा सरकारले अहिलेको निराशालाई चिर्दै देशमा सुशासन कायम हुने विश्वासको व्यक्त गरे । उनले कांग्रेस र एमाले देशमा राजनीतिक स्थिरताका लागि गठन भएको र यसमा सफल हुने विश्वास व्यक्त गर्दै ओलीको नेतृत्वको सरकारले देशलाई विकासको बाटोमा लैजाने उल्लेख गरे ।
 


Author

थप समाचार
x