Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संसद्

ओलीलाई शुभकामना दिँदै माधव नेपालले सम्झाए संसद् विघटन

इकागज |
साउन ६, २०८१ आइतबार १६:५३ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिँदै यसअघि संसद् विघटन गरेको विषय स्मरण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा ओलीले राखेको विश्वासको मतसम्बन्धीको प्रस्तावमाथि बोल्दै पूर्व प्रधानमन्त्री नेपालले विगतमा गरेको संसद् विघटनको सम्झाएका हुन् ।


उनले प्रधानमन्त्री ओलीलाई आफ्नो पुनर्मूल्यांकन गर्न आग्रह गरेका छन् । विगतमा करिब दुई तिहाइको सरकार किन ढलेको भन्ने प्रश्न गर्दै नेपालले कांग्रेसका केही नेताहरु एमालेसँग मिलेकोमा खुसी भए पनि दोस्रो तेस्रो तहका नेता र साधारण कार्यकर्ता खुसी नभएको बताए ।

नेता नेपालले राजनीतिक स्थिरताका नाममा अर्को जंगबहादुर नखोजिएको बताउँदै शक्तिको केन्द्रीकरणबाट स्वेच्छाचारिता जन्मिने डर भएको बताए ।     


Author

थप समाचार
x