संसद्

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, पक्षमा १८८ सांसद

इकागज |
साउन ६, २०८१ आइतबार १८:४३ बजे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । आज आइतबार बसेको प्रतिनिधि सभा बैठकमा ओलीले विश्वासको मत प्राप्त गरेका हुन् । 

उनले आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेस गरेको प्रस्तावको पक्षमा १८८ मत र विपक्षमा ७४ र तटस्थमा १ मत खसेको छ ।


२७५ सदस्यीय प्रतिनिधि सभामा २६३ जना उपस्थित थिए ।

योसँगै प्रधानमन्त्री ओलीले दुई तिहाई सांसदको विश्वास जितेका छन् । उनलाई नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, जसपा नेपाल, नाउपा, लोसपालगायत दुई स्वतन्त्र सांसदले मत दिएका थिए । त्यस्तै उनको प्रस्तावको विपक्षमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा रहेका थिए ।

ओली साउन ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ४ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।


Author

थप समाचार
x