Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संसद्

माधव नेपाललाई ओलीको कटाक्ष : परार बनेको पार्टीले संविधानको चिन्ता लिनु पर्दैन

इकागज |
साउन ६, २०८१ आइतबार १८:४० बजे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई संविधानको चिन्ता नगर्न आग्रह गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आफूले राखेको विश्वासको मतसम्बन्धीको प्रस्तावमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले माधव नेपालप्रति संकेत गर्दै परार बनेको पार्टीले संविधानको चिन्ता नगर्न आग्रह गरेका हुन् ।


उनले भने, ‘परार बनेको पार्टीले संविधानको चिन्ता लिनुपर्दैन । हामीले लिन्छौं । संविधान र लोकतन्त्रको जिम्मा हामीलाई छाडिदिनुस् ।'

यसअघि संसदमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीबाट संविधान खतरा रहेको टिप्पणी गरेका थिए ।   
  


Author

थप समाचार
x