Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संसद्

आज प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

इकागज |
साउन ७, २०८१ सोमबार ७:७ बजे

फाइल फाेटाे

काठमाडौँ - आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभाको बैठक अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँग प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ ।


त्यस्तै आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

   


Author

थप समाचार
x