संसद्

संसदमा बोल्दा तथ्यपूर्ण बोलौँ, झुटको सहारा नलिनु : प्रधानमन्त्री ओली

इकागज |
साउन ७, २०८१ सोमबार १४:३० बजे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा झुटको सहारा नलिन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा संसदमा तथ्यपूर्ण रूपमा बोल्न र गलत कुरा नबोल्न सांसदहरूलाई आग्रह गरेका हुन् ।


उनले आइतबार संसदमा आफूले उद्योगीको विद्युत् लाइन काटेको विषयमा बोलेको विषयलाई संसदमा गलत रूपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले आफूले कुनै किसिमको लप्पन छप्पन नगर्ने बताउँदै प्रधानमन्त्री ओलीले उद्योगीले प्रयोग नगरेको महसुल तिर्न नपर्ने र प्रयोग गरेको तिर्नु पर्नेमा आफूले स्पष्ट रूपमा राखेको बताए । संसदमा आफूले आइतबार मात्र बोलेको कुरालाई गलत रूपमा प्रस्तुत गरेको भन्दै जिम्मेवार भएर प्रस्तुत हुन चेतावनी समेत दिएका छन् ।


Author

थप समाचार
x