संसद्

प्रधानमन्त्री ओली र वर्षमान पुनबीच संसदमा भनाभन !

इकागज |
साउन ७, २०८१ सोमबार १४:४१ बजे

काठमाडौँ- प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबीच भनाभन भएको छ ।

संसदमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले आफूले आइतबार संसदमा बोलेका कुरालाई संसदमा झुटो रूपमा प्रस्तुत गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि माओवादी नेता पुनले प्रधानमन्त्री ओली विषय केन्द्रित भएर नबोलेको भन्दै नियमापत्ति गरेका  थिए । उनले प्रधानमन्त्री विषय केन्द्रित नभएर गालीगलौजमा उत्रिएको आरोप लगाएका थिए ।


प्रधानमन्त्री ओलीले आफू विषय केन्द्रित नै रहेको भन्दै प्रश्नको जवाफ दिनुभन्दा अगाडि आएका विषयमा आफूले जवाफ दिएको उनले बताए । उनले आफूले सचेत मात्र गराएको भन्दै आवेश र उत्तेजनामा आउन आवश्यक नरहेको बताएका थिए ।  


Author

थप समाचार
x