Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संसद्

अधुरा योजना यथाशीघ्र सम्पन्‍न गर्न सरकार तत्पर छ : प्रधानमन्त्री

इकागज |
साउन ७, २०८१ सोमबार १७:४ बजे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अधुरा र अलपत्र योजनालाई स्रोत साधनको उचित व्यवस्थापन गरी यथाशीघ्र सम्पन्न गर्न सरकार तत्पर रहेको बताएका छन् । वर्तमान सरकारले यस्ता योजनालाई प्राथमिकता दिने उनले उल्लेख गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सीमित स्रोत र साधनको सदुपयोग गर्दै राष्ट्रिय गौरव, रूपान्तरणकारी, प्राथमिकता प्राप्त र राष्ट्रिय महत्वका अन्य आयोजनामा बजेट अभाव नहुने व्यवस्था मिलाइने स्पष्ट पारे ।


प्रधानमन्त्री ओलीले भने, 'समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न २०७७ सालमा मेरो नेतृत्वमा गठित सरकारले कैयौँ राष्ट्रिय गौरवका आयोजना, निर्वाचन क्षेत्र केन्द्रित रणनीतिक योजना र पालिका केन्द्रित योजनाको सुरुआत गरेको थियो ।' हाल कार्यान्वयनमा गएका आयोजनाअन्तर्गतका ठेक्काको कार्य सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख गर्दै उनले ठेक्का व्यवस्थापनलाई चुस्त बनाइने र जिम्मेवार पक्षलाई जवाफदेही बनाइने सदनलाई जानकारी गराए ।


Author

थप समाचार
x