संसद्

पूर्वमन्त्रीले पाँच हजार घुस दिएकाे विषय गम्भीर हाे, छानबिन गर्न भनिसकेकाे छु : गृहमन्त्री लेखक

इकागज |
साउन ८, २०८१ मंगलबार १६:१५ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री वीरेन्द्र महतोले राष्ट्रिय परीक्षा बोर्डमा छोराको शैक्षिक प्रमाणपत्रको समकक्षता (इक्युभ्यालेन्ट) लिनका लागि ५ हजार घुस दिएको प्रकरणबारे छानबिन गर्न निर्देशन दिइसकेको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभाकाे बैठकमा सांसदहरूले साेधेका प्रश्नकाे जवाफ दिने क्रममा गृहमन्त्री लेखकले पाँच हजार घुस दिएकाे प्रकरणको तत्काल छानबिन गर्न निर्देशन दिइसकेको र याे विषयलाई सरकारले गम्भीरता पूर्वक लिएकाे बताए । 


बैठकमा कांग्रेस सांसद राजेन्द्र केसीले ५ हजार घुसको प्रकरण के हो भनेर गृहमन्त्रीलाई प्रश्न गरेका थिए । 

‘मैले व्यक्तिगत रूपले त्यो कुरा सोधेर त्यो मान्छे चिनाउनका लागि सहयोग गर्न पनि आग्रह गरेको छु । प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्नका लागि आवश्यक निर्देशन दिइसकेको छ । यो विषयलाई सरकारले गम्भीरता पूर्वक लिएको छ,’ लेखकले जवाफ दिँदै भने । 


Author

थप समाचार
x