संसद्

सांसद किरातीको आरोप : सदनमा प्रतिपक्षी सानो छ भनेर हेप्‍न खोजियो

इकागज |
साउन ८, २०८१ मंगलबार १६:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले सदनमा प्रतिपक्षी सानो छ भनेर हेप्न खोजिएको बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै किरातीले संख्याका हिसाबले प्रतिपक्षलाई हेप्न खोजिएको भन्दै लोकतन्त्रमा आकारले नभई मुद्दाले स्थान लिने बताए ।


उनले विभिन्न प्रकरणमा मुछिएकाहरूलाई मन्त्री बनाएर पुरस्कृत गरिएको र सुशासनको मुद्दामा प्रधानमन्त्रीले दिएको भाषण जगतलाई मूर्ख बनाउने काममात्रै भएको तर्क गरे ।

किरातीले मौद्रिक नीति रोक्ने काम भएको, विद्युत् लाइन जोड्ने विषयमा अनुचित निर्देशन दिने काम वर्तमान सरकारबाट भएको आरोप लगाए ।​ उनले अघिल्लो सरकारले अघि बढाएको छानबिन प्रक्रियाले निरन्तरता पाउँछ वा पाउँदैन भन्दै प्रश्न समेत गरे ।


Author

थप समाचार
x