Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संसद्

विचार गरियोस् भन्‍ने प्रस्ताव स्वीकृत

इकागज |
साउन ८, २०८१ मंगलबार १७:३२ बजे

काठमाडौँ- प्रतिनिधिसभाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसहमतिबाट स्वीकृत भएको हो ।

उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसद माधव सापकोटा, मनिष झा, प्रतिमा गौतम, नागिना यादव, नारायणी शर्मा, ठाकुरप्रसाद गैरे, रणेन्द्र बराली, विमला सुवेदी, निशा डाँगीले भाग लिएका थिए ।


छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले सुरक्षित कारोबारसम्बन्धी ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक भएकाले संशोधन प्रक्रिया अघि बढाइएको स्पष्ट पारे ।

सभामुख घिमिरेले उक्त ऐनमाथि संशोधन दर्ता गर्न चाहने सांसदलाई ७२ घण्टाभित्र विधेयक शाखामा आफ्नो संशोधन दर्ता गराउन सक्ने जानकारी गराए ।


Author

थप समाचार
x